• २ असोज २०८२, बिहिबार

काठमाडौंको कारागारबाट फरार कैदी ओखलढुङ्गामा पक्राउ

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज १ गते । काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएको कैदी दीपकुमार राई ओखलढुङ्गामा पक्राउ परेका छन् । 

जिल्लाको सिद्धिचरण नगरपालिका –४ घर भई ज्यानसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेकी राई कारागारबाट फरार हुनुभएको थियो । उहाँलाई चिशङ्खुगढी गाउँपालिका –८ माम्खाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । 

प्रहरी निरीक्षक कार्कीका अनुसार माम्खामा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा बुधबार बिहान प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेका राईलाई आवश्यक प्रक्रिया पूरा गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।