• १२ पुस २०८१, शुक्रबार

बीमा रकम

‘बीमाको रकम जतिसक्दो छिटो भुक्तानी हुन्छ’

blog

काठमाडौं, असार १४ गते । बीमा रकम भुक्तानीका लागि दाबी रकम पेस गर्नेहरुको सङ्ख्या बढ्दो छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शम्भुप्रसाद ज्ञवालीले अभिलेख प्रविष्ट हुन समय लाग्ने भएकाले बीमा भुक्तानीमा ढिलाइ भएको जानकारी दिनुभयो । 

दाबी परीक्षण गर्ने अनुपातमा तादात्म्य मिलाउन जनशक्ति अभावका कारण केही ढिला भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार आगामी दिनमा सो कार्यलाई वैज्ञानिक प्रविधिबाट परीक्षण गर्ने तयारी भइरहेकाले चालू आर्थिक वर्षको जेठ १५ सम्मको १८ लाख ९५३ वटा  दाबीलाई  प्राथमिकताका साथ परीक्षण गर्ने कार्य भइरहेको छ । जतिसक्दो छिटो भुक्तानी हुने उहाँले बताउनुभयो । 

सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । सरकारले एउटा परिवारले तीन हजार ५०० रुपियाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको एक लाख बराबरको सेवा लिन पाउने व्यवस्था छ । 

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत ज्ञवालीले हाल देशभरका ७७ जिल्लामा ७४६ वटा स्थानीय तहका करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको बताउनुभयो । 

देशभरका ४५० वटा सेवा प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौदा गरी बीमा कार्यक्रम सञ्चालन गरेका छन् । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गर्दछन् । 

पछिल्लो समयमा ठुला अस्पतालले बीमा कार्यक्रम धमाधम बन्द गर्ने घोषण गरेसँगै बिमा कार्यक्रम अलपत्र पर्ने पो हो कि भन्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । 

बोर्डले गत बिहीबार प्रेस विज्ञप्ति निकाल्दै स्वास्थ्य बिमा नियमित रुपमा भुक्तानी गर्ने भन्दै बिमितहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रभाह गर्न सेवा प्रदायक संस्था सेवा नरोक्न अनुरोध गरेको छ ।

रकम भुक्तानी गर्न किन ढिलाइ गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर स्वास्थ्य बिमा बोर्डका सूचना अधिकृत शम्भुप्रसाद ज्ञवालीसँग पत्रकार सिर्जना खत्री र फोटोपत्रकार मनोजरत्न शाही-केशव गुरुङले गर्नुभएको भिडियो संवाद:


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।