• ३१ भदौ २०८२, मङ्गलबार

फूलपातीमा चार चलचित्र

blog

काठमाडौँ, भदौ ३१ गते । ‘माइतीघर’, ‘बलिदान’, हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु : च्याप्टर १’  दसैँको फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुने भएका छन् । ‘माइतीघर’ मा केदार घिमिरे माग्नेबुढा, धीरज मगर, प्रकाश सपुत मुख्य भूमिकामा हुनुहुन्छ । ‘बलिदान’ समीर भट्टको शीर्ष भूमिका रहेको दोस्रो चलचित्र हो भने ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य प्रमुख भूमिकामा देखिनुभएको छ । 

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन प्रदर्शन हुने भएको हो । चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर बाङ्देल मुख्य भूमिकामा छन् ।