गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ३० गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द भएको हो ।
विभागले आइतबार सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि लाइसेन्स वितरण, छपाइ, नवीकरण र लाइसेन्सको परीक्षा अनिश्चितकालका लागि बन्द गरेको छ । विभागको वेबसाइटसमेत चलेको छैन । प्रतिनिधि सभा भवननजिकै रहेको विभागको भवन जलेर पूर्ण रूपमा क्षति भएको छ । कम्प्युटरलगायतका उपकरण नष्ट छन् । केही भेटिएका छैनन् । तत्काल सर्भर सञ्चालन हुन सक्ने कुनै सम्भावना नभएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।