• १३ साउन २०८१, आइतबार

एथलेटिक्समा पदक विजेतालाई एपीएफको सम्मान

blog

सम्मान कार्यक्रममा एपीएफका खेलाडी र पदाधिकारीहरु । तस्बिर सौजन्य : एपीएफ

काठमाडौं, असार १३ गते । ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता आफ्नो विभागका खेलाडीलाई शसस्त्र प्रहरी बल (एपीएएफ) ले सम्मान गरको छ । खेलाडीलाई सोमबार शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो । 

सम्मान कार्यक्रममा महानिरीक्षक अर्यालले एपीएफ क्लबका खेलाडीले संगठनमा उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा दशरथ रंगशालामा शनिबार सम्पन्न तीन दिने प्रतियोगितमा एपीएफ क्लबका खेलाडीले नौ स्वर्ण, ६ रजत र आठ कांस्य गरी २३ पदक जितेको थियो । समग्रमा एपीएफ क्लब दोस्रो भएको थियो ।

टिम च्याम्पियन बनेको आर्मी  क्लबले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जितेको थियो । तेस्रो भएको बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य जितेको थियो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । 

सम्मान कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, एपीएफ क्लबका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।