• २६ भदौ २०८२, बिहिबार

बारा जिल्लामा निषेधाज्ञा र कर्फ्यू हट्यो, नियमित सेवा २७ गतेसम्म बन्द रहने

blog

फाइल तस्बिर ।

शिवशङ्कर मिश्र

बारा, भदौ २६ गते । बारा जिल्लामा लागु गरिएको निषेधाज्ञा र कर्फ्यू हटाइएपछि जिल्लामा सामान्य जनजीवन सहज बन्दै गएको छ । 

यद्यपि, जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचना अनुसार शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका नियमित प्रशासनिक सेवा भने भदौ २७ गतेसम्म बन्द रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा सेवा बन्दका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागिएको छ, साथै उहाँले जिल्लाभर निषेधित क्षेत्र वा कर्फ्यूको अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

स्थानीय प्रशासनले अवस्था सामान्य बन्दै गएकाले सेवाहरू चाँडै सुचारु गरिने जनाउँदै नागरिकलाई संयमित र सहकार्यपूर्ण ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ ।