• २५ भदौ २०८२, बुधबार

तनहुँ कारागारबाट ३२७ जना कैदीबन्दी फरार

blog

आगलागीले क्षति भएको तनहुँ कारागारको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २५ गते ।
तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् ।

कारागारका निमित्त प्रमुख पूर्ण राउतका अनुसार भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष रहेका छन् । उहाँले भन्नुभयो, “स्थिती नियन्त्रण बाहिर गयो, सुरक्षाकर्मीले समयमै नियन्त्रणमा लिन नसक्दा कैदीबन्दी भाग्न सफल भए ।” मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए ।

सोही क्रममा कारागार परिसर पनि निशानामा परेपछि कैदीबन्दी भागेका हन् । फरार कैदीबन्दीमध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए ।