• २५ भदौ २०८२, बुधबार

बुधबार सिमकोट गाउँपालिकाद्वारा शोक बिदा

blog

सिमकोट गाउपालिकाको कार्यालय । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, भदौ २५ गते ।
भदौ २५ गते बुधबार सिमकोट गाउँपालिकाले शोक बिदा दिएको छ । भदौ २४ र २५ गते भएको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै गाउँँपालिकाले एक दिन शोक बिदा दिएको हो ।

जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गर्नेको सम्झानामा एक दिन शोक बिदा दिने गाउँपालिकाको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार बिदा दिइएको गाउँँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताउनुभयो ।

गाउँपालिकाअन्तर्गत सबै सरकारी निकाय र सामुदायिक विद्यालयमा बिदा दिइएको छ । साथै आन्दोलनका क्रममा मृत्युवरण गर्ने युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको शिघ्रै स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।