• २४ भदौ २०८२, मङ्गलबार

सभापति देउवा निवासमा आगजनी

blog

सांकेतिक चित्र ।

काठमाडौं, भदौ २४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र छिरेर जागजनी गरेको जानकारी प्रहरीले दिएको छ । 

घटना स्थलमा रहेका स्थानीयबासीका अनुसार, देउवा निवासमा आगो लागेको छ । केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रमा पुगेको जानकारी पनि दिइएको छ । 

त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीले आगजनीको प्रयास जारी राखेका थिए । यसअघि ऊर्जामन्त्री दीपक खड्काको घरमा जागजनी गरिएको थियो । 

काठमाडौं जिल्ला प्रहरी परिसर रानी पोखरीका प्रवक्ता शेखर खनालका अनुसार शीर्ष नेता तथा सार्वजनिक सम्पत्तिमा तोडफोड हुनुका साथै आगजनी भएको बताउनु भयो । उहाँले विस्तृत विवरण आउन बाँकी छ भन्नुभयो ।