• २५ भदौ २०८२, बुधबार

राप्रपाका सांसदद्वारा सामूहिक राजीनामा दिने निर्णय

blog

काठमाडौँ, भदौ  २४  गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।     

देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।     

“आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ,” प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।