• २५ भदौ २०८२, बुधबार

रुकुमस्थित कारागारबाट निस्किए कैदीबन्दी

blog

कारागार कार्यालय रुकुमपश्चिम। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ २४ गते। रुकुमपश्चिममा रहेको कारागार कार्यालयबाट कैदीबन्दी भागेका छन्। कारागार रित्तो पारेर सबै कैदीबन्दी भागेका हुन्। 

निमित्त कारागार प्रमुख अकबिर घर्तीका अनुसार मङ्गलबार बिहानसम्म १५८ जना कैदीबन्दी कारागारमा रहेका थिए। कार्यालय समयपछि उनीहरु कारागार रित्तो पारेर भागेको उहाँले जानकारी दिनुभयो। निमित्त प्रमुख घर्तीले भागेका मध्य १५-२० जना कारागारमा फर्काइएको र बाँकीको प्रहरीले खोजी गरिहेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार कैदीबन्दीको खोजी तीव्र पारिएको छ। कारागारबाट भागेको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको र केहि कैदीबन्दीहरु नियन्त्रणमा लिइएको उहाँले जनाउनुभयो।