काठमाडौँ, भदौ २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ।
ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिनुभयो। सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा हुनुहुन्थ्यो।