• २४ भदौ २०८२, मङ्गलबार

संसद् भवन अगाडि प्रदर्शन सुरु (फोटो फिचर)

blog

संसद् भवन बानेश्वर क्षेत्रमा प्रदर्शन । तस्बिर : केशब गुरुङ

काठमाडौँ, भदौ २४ गते । काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि मङ्गलबार पनि प्रदर्शन सुरु भएको छ ।  बिहानै संसद् भवन अगाडि भेला भएर युवाहरुले प्रदर्शन सुरु गरेका हुन् ।

सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । सोमबार १९ जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेशको पर्वाह नगरी बानेश्वर क्षेत्रमा भेला भएका हुन् ।