काठमाडौँ, भदौ २४ गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको राजीनामा आइसकेको भन्दै उहाँले देशको जनधनको क्षति हाम्रै सम्पत्तिको क्षति भन्दै यस्तो अनुरोध गर्नुभएको हो ।
बालेनले सामाजिक सञ्जालमा प्रिय जेनजी भनेर सम्बोधन गर्दै आन्दोलनकारीलाई यस्तो आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं-हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ।’
उहाँले सेना प्रमुखसँग वार्ताका लागि तयारी गर्नुपर्ने प्रस्ताव अघि सार्दै वार्ता अगाडि संसद विघटन हुनुपर्नेबताउनुभएको छ ।