• २४ भदौ २०८२, मङ्गलबार

राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । 

नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।