अमेरिका । टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले मङ्गलबार बिहान आफ्नै निवासस्थान ग्रेनवरीमा आत्महत्या गर्नुभएको छ । उहाँको आत्महत्याको कारण भने खुलेको छैन ।
पारिवारिक सूत्रका अनुसार, काठमाडौँको मूलपानी घर भइ झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका ५५ वर्षीय भण्डारी लामो समयदेखि नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनुभएको थियो ।
प्रवासमा रहेर पनि राजनीति र समाजसेवालाई निरन्तर रुपमा अगाडि बढाइरहेका भण्डारीका श्रीमती र दुई छोरा छन् । उहाँको टेक्सस र मिजोरीमा ग्यासस्टेसन र होटलमा लगानी समेत रहेको बताइएको छ ।
भण्डारीको शवलाई अन्तिम संस्कारका लागि अहिले फ्युनरल होममा पठाइसकिएको छ ।