नवराज नेपाली
बागलुङ (गलकोट), भदौ २५ गते । जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदर्शन र सृजित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ बजार, गलकोट बजार, ढोरपाटन र कुश्मिसेरा बजारमा निषेधाज्ञा जारी गरिएको बागलङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले जानकारी दिनुभयो ।
बागलुङ बजारको बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाहरु, गलकोट नगरपालिका–६, ५, ३ वडा जैमिनी नगरपालिका–१ कुश्मिसेरा, ढोरपाटन नगरपालिका–१, २, ३ बुर्तिवाङ बजारमा बुधबार बिहान ९ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ ।निषेधाज्ञा जारी गरेपनि बागलुङको जनजिवन सामान्य बन्दै गएको छ ।
बागलुङमा पार्टी कार्यालय तोडफोड भए पनि अन्य भौतिक संरचना सुरक्षित छन् । बागलुङ कारागार समेत सुरक्षित रहेको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।