• २५ भदौ २०८२, बुधबार

बैतडी कारागार तोडफोडपछि कैदीबन्दी फरार

blog

केशब राज भट्ट
वाशुलिङ (बैतडी), भदौ २५ गते ।
बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमबार साँझ कारागार तोडफोड गरी फरार भएका छन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति ८ः३० बजेतिर कैदीबन्दीले कारागारमा आगजनी र तोडफोड गर्दै गेटको ताला तोडी भागेका हुन् । कारागारमा रहेका ६२ जना कैदीबन्दी सम्पूर्ण फरार भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘बन्दीगृहभित्र दिउँसोदेखि नै सुरु भएको आगजनी र तोडफोड नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले घण्टौँ प्रयास गरे तर सफल हुन सकेन्न ।”

घटनापछि प्रमुख जिल्ला अधिकारी पौडेलसहित सुरक्षाअधिकारीको टोली कारागार परिसर पुगेको छ । फरार कैदीबन्दीको खोजतलासका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।