शालिग्राम नेपाल
चितवन, भदौ २५ गते । चितवनको भरतपुर रहेको कारागारबाट कैदीबन्दी भागेका छन् । कारागारमा आगो लगाएर कैदीबन्दी भागेका हुन् । कारागारमा सात सयभन्दा धेरै कैदीबन्दी रहेकोमा के कती भागेको यकिन हुन सकेको छैन । तर अधिकांस भागेको देखिन्छ ।
कारागार कार्यालयको सुरक्षामा प्रहरी र सेना भए पनि कैदीबन्दी निस्केर जाँदा समेत सुरक्षाकर्मीले केही अवरोध गरेका छैनन् । केही कैदीबन्दी भने कारागार भित्र सेका छन् । निस्कन मानेका छैनन् ।