• २५ भदौ २०८२, बुधबार

देशभरका हल बन्द

blog

काठमाडौँ, भदौ २५ गते । चलचित्र सङ्घको आह्वानमा मङ्गलबार देशभरका फिल्म हल बन्द भएका छन् । जेन जीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।

सङ्घले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । सङ्घले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।

सङ्घले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ । मुलुकमा १६५ फिल्म हल छन् ।