• २५ भदौ २०८२, बुधबार

दर्जनौँ कार्यालयमा आगजनी र तोडफोड

blog

तनहुँ समाचारदाता 

तनहुँ, भदौ २५ गते । आन्दोलनरत जेनजी समूहले मङ्गलबार तनहुँका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् । निषेधाज्ञा उल्लङ्घन गर्दै उनीहरूले मालपोत कार्यालयमा आगजनी गर्नुका साथै व्यास नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला सिँचाइ कार्यालय, डिभिजन वन कार्यालय, शैक्षिक तालिमकेन्द्रलगायतका कार्यालयका सवारीसाधनमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

त्यसै गरी आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का कार्यालय तथा राष्ट्रपति रामचन्द्र पौडेलको व्यास–२, अमरापुरीस्थित घरमा पनि तोडफोड गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो ।