• २४ भदौ २०८२, मङ्गलबार

सुरक्षासम्बन्धी बैठक : यी हुन् निर्णय

blog

मुख्यमन्त्री तथा मन्त्रिीपरिषद् कार्यालयमा बसेको सुरक्षा सम्बन्धी बैठक ।

अविनाश चौधरी
धनगढी, भदौ २४ गते ।
जेनजी लगायत नयाँ पुस्ताको आन्दोलन चर्किरहेको अवस्थालाई मध्यनजर गरी बसेको सुदूरपश्चिम प्रदेशको शान्ति, सुरक्षा सम्बन्धी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मङ्गलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । बैठकमा चारै तहका सुरक्षा निकायका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।

बैठकले जेनजी लगायत नयाँ पुस्ताले उठाएको जायज मागहरुप्रति प्रदेश सरकार, सरकारी निकाय र संयन्त्र सकारात्मक रहेको सन्देश दिइ छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।

यसैगरी, सुरक्षा संवेदनशीलता हेरी शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि सबै जिल्लाहरुमा आवश्यकतानुसार राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवालाहरुसंग छलफल तथा समन्वय गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । जेनजी लगायत नयाँ पुस्ताको आन्दोलनको क्रममा ज्यान गुमाउनुुहुने मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको बैठकले कामना गरेको छ ।