• २१ भदौ २०८२, शनिबार

जन्मदिनमा विद्यार्थीलाई पोसाक

blog

विद्यालयमा पोसाक वितरण गरिँदै ।

कविराज घिमिरे 

हिले, भदौ २१ गते । तेह्रथुमको छथर गाउँपालिका–२, खैरेनीस्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । विद्यालयका प्रधानाध्याक मनबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयसँगको सहकार्यमा विद्यालय पोसाक वितरण गर्नुभएको हो ।

विद्यालयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई प्रधानाध्यापकको आधा तथा विद्यालयको आधा खर्चमा पोसाक वितरण गरिएको हो । विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन, पढाइमा उत्साह जगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।