• २१ भदौ २०८२, शनिबार

जेरुसेलममा १६ जना प्यालेस्टिनी पक्राउ

blog

जेरुसेलम, भदौ २१ गते । इजरायली सेनाले शनिवार जेरुसेलममा गिरफ्तारी अभियान पुनः सुरु गरेको छ । सेनाले शनिबार १६ जना प्यालेस्टिनीलाई पक्राउ गरी हिरासतमा लगेको जनाइएको छ ।

प्यालेस्टिनी समाचार संस्था (वाफा) का अनुसार इजरायली सेनाले जेरूसेलमको उत्तरपूर्वी अनाता सहरमा आक्रमण गरी आवासीय क्षेत्रका दर्जनौँ घरमा छापा मारेको थियो । निकायले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले एउटा घरलाई सोधपुछ केन्द्रका रूपमा प्रयोग गरी धेरै स्थानीय बासिन्दाको बारेमा सोधपुछ गरिएको जनाएको छ ।  

गिरफ्तारी वेस्ट ब्याङ्क र जेरुसेलमलगायतका विभिन्न क्षेत्रमा चलिरहेको छ जसमा सोधपुछ गरी स्थानीय बासिन्दालाई हिरासतमा लिनुका साथै उनीहरूको घर ध्वस्त पार्ने गरेको जनाइएको छ । रासस/क्यूएनए