गोरखापत्र अनलाइन
गोदावरी (ललितपुर), भदौ २१ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति बनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज सो समिति घोषणा गर्नुभएको हो ।
समितिको अन्य सदस्यहरूमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सिर्जना काफ्ले र माधव ढुङ्गेल रहनु भएको छ ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले बताउनुभयो । प्रस्ताव तयारीका लागि समितिको बैठक बसेको उहाँले बताउनुभयो ।