• २१ भदौ २०८२, शनिबार

सिड्नीमा ‘सार्क’को आक्रमणबाट एक व्यक्तिको मृत्यु

blog

सिड्नी, भदौ २१ गते । अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई किच्दा मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ । “उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ ।

मृतकको नमूना फोरेन्सिक परीक्षणका लागि पठाइएको छ । सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो । यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए ।

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबिचको प्रशान्त महासागरका समुद्री तट ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ । प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो ।

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बिचमा डुङ्गामा घुमि रहनु भएको थियो । सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भन्नुभयो, “चार-पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्त्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।” रासस/एएफपी