काठमाडौँ, भदौ २१ गते । दोस्रा संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर सहरबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताउनुभयो ।
ट्रफीलाई एनपिएलको आठवटै फ्रेन्चाइज टोलीले प्रतिनिधित्व गर्ने सहरमा लगिने छ । जसको सुरुवात शनिबार कोशी प्रदेशको विराटनगर किङ्ग्सबाट हुँदैछ ।
त्यसपछि साविक विजेता जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश, चितवन राइनोजको चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो ।
शुक्रबार आयोजित कार्यक्रमबिच ट्रफीको कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले सार्वजनिक गर्नुभयो ।
यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।