• १२ भदौ २०८२, बिहिबार

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १२ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटवार्ता भएको छ । 

भेटका अवसरमा नेपाल र चीनबिचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबिचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ ।