• १० भदौ २०८२, मङ्गलबार

‘मौलिक संस्कृतिको निरन्तरतामा पर्वहरू महत्वपूर्ण छन्’

blog

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ । तस्बिरः गोरखापत्र

कैलाली, भदौ १० गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरताका निम्ति तिजलगायत पर्वहरू महत्वपूर्ण छन् भन्नुभएको छ । तिजको अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकको मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्वको महत्व अधिक रहेको बताउनुभएको छ । 

प्रदेश प्रमुख मियाँले भन्नुभएको छ, “यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दैआएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तिज हो । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।” रासस