• १० भदौ २०८२, मङ्गलबार

सडक सुधार सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १० गते । सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ राजमार्गमा चाडपर्वलक्षित मर्मत तथा सुधार योजना लागु गरिएको छ । नजिकिँदो दसैँ, तिहारलगायतका चाडपर्वलाई ध्यानमा राख्दै सडकको अवस्था सुधार्न सो योजना लागु गरिएको सडक विभागले जनाएको छ ।

सडक विभागका सहसचिव तथा प्रवक्ता प्रभातकुमार झाले सडक विभाग र नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयाजनाले संयुक्त रूपमा सडक मर्मत तथा सुधार योजना लागु गरेको जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात यथाशीघ्र सञ्चालन गराउन चौबिसै घण्टा एस्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्नुका साथै पहिरो नियन्त्रणलगायत काम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसैबिच प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै सडक यातायातलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले यस वर्ष चाडपर्वका लागि दसैँको घटस्थापनाको १५ दिनअगाडि नै टिकट बुकिङ खुलाइने जानकारी दिनुभयो ।