• १० भदौ २०८२, मङ्गलबार

एमबाप्पे चम्किएपछि रियलको सहज जित

blog

केलियन एमबाप्पे । फाइल तस्बिर

काठमाडौँ, भदौ ९ गते । केलियन एमबाप्पे चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल ओभिडिओमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियाल ओभिडिओलाई ३–० गोलले हरायो । पाहुना टोली रियलको जितमा एमबाप्पेले दुई ३७औँ र ८३औँ मिनेटमा दुई गोल गर्नुभयो । भिनिसियस जुनियरले दोस्रो हाफको इन्जुरी समयका गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

एकपक्षीय खेलमा रियलको दबाब झेलेको ओभिडिओको गोल फर्काउने प्रयास सफल भएन । लिगमा लगातार दोस्रो जित निकालेको रियलले ६ अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओभिडिओ अङ्कविहीन छ । एजेन्सी