नारद कोहार
तौलिहवा (कपिलबस्तु), भदौ ९ गते । जिल्लाको कृष्णनगर नगरपालिका वडा २ स्थित शाह कम्प्लेक्सदेखि गुरुद्वारा सडकतर्फ जाने बाटोको दक्षिणतर्फको झाडीभित्र बेवारिसे अवस्थामा शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । फेला परेको बेवारिसे शव अन्दाजी ६० वर्षिय पुरुषको रहेको प्रहरी निरीक्षक लौडरीले बताउनुभयो । उक्त बेवारिसे शव अहिले पिपरा अस्पतालस्थित शवगृहमा राखिएको उहाँको भनाइ छ ।