• ७ वैशाख २०८१, शुक्रबार

मित्रता (कविता)

blog

 हरिप्रसाद भट्टराई

 साथी–सङ्गीसँग खेल्दा होस् वा पढ्दा,

मिलनसार व्यवहारले नै उम्दा बनाउँछ ।

कापी, कलम र पुस्तकसँगको मित्रताले,

सुन्दर भविष्य निर्माणमा सघाउ पुु-याउँछ ।


आपसी प्रेमले क्रोधलाई भगाउने,

टाढा भएकालाई नजिक तुल्याउने ।

अनि कुुन्ठा मेटाउने हामीमा भए चेष्टा,

कसिलो बन्छ हाम्रो असली मित्रता ।


वृक्ष हुन् वा हाम्रा सकल जीवजन्तुु,

हावा–पानी वा गगनका सबै पदार्थ ।

प्रकृतिका यी सबैसँगको मित्रताले,

हाम्रो जीवनलाई बनाउँछ सार्थक ।


प्रकृति प्रेमको रस जनजनमा हुुने रसिलो,

मेलमिलापले नै आत्मीयता हुुने कसिलो ।

आकाश होस् कि धर्ती जगत्कै मति,

सपार्छ मित्रताले दिन्छ आत्मीयतामा गति ।


( सन्दर्भ : अन्तर्राष्ट्रिय मित्रता दिवस )