काठमाडौँ, भदौ ८ गते । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पाहुना टाेली बार्सिलोनाले लिभान्तेलाई ३–२ गोलले हरायो । पहिलो हाफमा २–० गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित हात पारेको हो ।
बार्सिलोनाका लागि पेड्री र फेरान टोरेसले गोल गर्नुभयो । अर्को गोल बार्सिलोनाले लिभान्तेबाट आत्मघाती उपहार पाएको थियो । लिभान्तेका लागि इभान रोमेरो र जोसे लुइस मोरालेसले गोल गर्नुभयो ।
लिगमा लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको बार्सिलोना शीर्षस्थानमा छ । दोस्रो हार खेपेको लिभान्तेले अङ्कको खाता खोल्न सकेको छैन । एजेन्सी