समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति ‘भो थी आन्ह जुआन’ ले अगस्त २३ मा नेपालको औपचारिक भ्रमणमा आउनुभएको छ । यो भियतनामबाट नेपालमा पहिलो पटक भएको उच्चस्तरीय भ्रमण हो । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भो नेपाल भ्रमणमा आउनुभएको हो । दुई उपराष्ट्रपतिले अगस्त २४ मा काठमाडौँमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । यसका साथै उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गर्नु हुने छ ।
दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सव मनाइने भएकाले यो वर्ष विशेष महत्वको छ । सन् १९७५ मा दौत्य सम्बन्ध स्थापना भएको हो । विसं २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भियतनामी प्रधानमन्त्री ‘न्गुइ एन जुआन फुक’ को निमन्त्रणामा भियतनाम भ्रमण गर्नुभएको थियो । धेरै युद्धपछि विगत ३५ वर्षमा भियतनामको तीव्र आर्थिक वृद्धिबाट नेपालले सिक्नुपर्ने धेरै विषय छन् ।
नेपाल र भियतनामबिच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यो हाम्रो सम्बन्ध र सहयोगको सुरुवात विन्दु थियो । दुई देशबिचको आर्थिक र व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्न यस्ता छलफललाई प्राथमिकता दिनुपर्ने आवश्यकता बढ्दै गएको छ । भियतनाम–नेपाल व्यापार मञ्च हनोईको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, “हामी नेपाललाई एक प्रमुख लगानी र व्यापारिक गन्तव्य बनाउन निरन्तर प्रयास गरिरहेका छौँ । राजनीतिक स्थिरताले नीतिगत स्थिरता र स्थिरता सुनिश्चित गरेको छ । हामीले आवश्यक कानुन लागु गरी नीतिगत व्यवस्थामार्फत लगानीमैत्री वातावरण सिर्जना गरेका छौँ । वैदेशिक लगानीको संरक्षण कानुनद्वारा ग्यारेन्टी गरिएको छ । जग्गा अधिग्रहण, कम्पनी दर्ता, वातावरण मूल्याङ्कन र पूर्वाधार विकाससम्बन्धी कानुन र नियमलाई सरलीकृत र खुकुलो पारिएको छ ।”
व्यापार अभिवृद्धि
सद्भावना वा सम्बन्धको कारणले मात्र व्यवसाय हुने छैन । यो तब मात्र हुने छ, जब यसले व्यावसायिक अर्थ राख्छ । लगानी र व्यापारको महत्व बुझ्दै दुवै पक्षले नेपाल र भियतनामबिचको व्यापार बढाउनु दुवै देशको प्राथमिकता बन्नु पर्छ । हालको उपराष्ट्रपतिको भ्रमण महत्वपूर्ण कोसेढुङ्गा भएकाले यो भ्रमणले दुई देशबिच पर्यटन, व्यापार, लगानी र जनता–जनता सम्पर्कमा सहयोगको नयाँ चरणको थालनीका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले केही समयअघि दाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकको साइडलाइनमा तत्कालीन भियतनामी प्रधानमन्त्री न्गुयेनसँग भेट गरी नेपाल–भियतनाम सम्बन्धसम्बन्धी विभिन्न विषयमा छलफल गर्नुभएको थियो । उहाँहरूले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनका क्षेत्रमा आर्थिक संलग्नता बढाउनुका साथै दुई देशबिच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
विसं २०७६ मा तत्कालीन प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्री राजनीतिक दल, सरकार, व्यवस्थापिका संसद्, स्थानीय निकाय र जनताबिच सबै तहमा पारस्परिक भ्रमण र आदानप्रदान बढाउन सहमत हुनुभएको थियो । नेपालले भियतनामलाई भिसा प्रक्रिया सहज बनाउन र नेपालको कृषि, पर्यटन, उत्पादन, पूर्वाधार र सूचना प्रविधिलगायतमा लगानी बढाउन अनुरोध गर्दै आएको छ । हाल उपराष्ट्रपतिको उच्चस्तरीय भ्रमणका क्रममा यो विषय छलफलको मुख्य केन्द्रविन्दु बन्नु पर्छ । केही समयअघि करिब ८–१० हजारभन्दा अलि बढी भियतनामी पर्यटकले नेपाल भ्रमण गरेका थिए, जसमध्ये धेरैजसोले आध्यात्मिक पर्यटन र पर्यावरणीय पर्यटन रोजेका थिए । भियतनामी पर्यटकलाई नेपाल, विशेष गरी भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न प्रोत्साहित गर्न भियतनामको यात्रा र टुर अपरेटरलाई नेपाली यात्रा र टुर अपरेटरसँग सहकार्य गर्न तत्काल प्रोत्साहित गर्नु आवश्यक छ ।
मार्च २०१९ मा हो ची मिन्ह सिटीमा भएको नेपाली पर्यटन प्रवर्धन कार्यक्रमको सफलतालाई स्मरण गर्नुपर्ने हुन्छ । भियतनामी पक्षले बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध तीर्थयात्रीसहित नेपालमा बढी पर्यटक पठाएर समर्थन जनाएको छ । अक्टोबर २०१५ मा भियतनाम र नेपालका हवाई अधिकारीबिच हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रत्यक्ष हवाई सेवा स्थापना गर्ने आवश्यकतालाई जोड दिइएको थियो । व्यापार, लगानी, पर्यटन र जनता–जनता सम्पर्कलाई प्रवर्धन गर्न चाँडोभन्दा चाँडो हवाई सेवामा सम्झौता गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको थियो । दुई देशबिचको व्यापार हरेक वर्ष बढ्दै गएको छ । नेपालबाट भियतनाममा हुने प्रमुख निर्यात मासु र बिरुवा र बोटबिरुवाका भाग, तरकारी तथा र हस्तकला उत्पादन हुन् । भियतनामबाट हुने प्रमुख आयातमा विद्युतीय उपकरण, मेसिनरी, कफी, चिया, साथी र मसला, पेय पदार्थ, माछा र खाद्य उत्पादन हुन् । आयातयोग्य उत्पादन अन्वेषण गर्न धेरैभन्दा धेरै नेपालीले व्यापारी भियतनाम भ्रमण गरिरहेका छन् । भियतनामी व्यापारी पनि स्थानीय उत्पादन लगानी र आयात गर्न नेपाल भ्रमण गरिरहेका छन् ।
नेपाल उच्च हिमालयको देश हो भने भियतनाममा धेरै सुन्दर समुद्र तट भएको मुलुक । दुवै देशका मानिसले पर्यटकका रूपमा यात्रा गर्ने सम्भावना छन् । भियतनामी हिमाल हेर्न र पदयात्रा, ¥याफ्टिङ र जङ्गल सफारी जस्ता साहसिक गतिविधिमा भाग लिन नेपाल भ्रमण गर्न मन पराउँछन् । नेपालका आगन्तुक सधैँ यसको प्राकृतिक सौन्दर्यबाट अभिभूत हुन्छन् र हाम्रो आतिथ्य, मैत्रीपूर्ण व्यवहार र प्रेमको प्रशंसा गर्छन् ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष डा. राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूत नियुक्त हुनुभएको छ । नेपाल भियातनाम उद्योग वाणिज्य सङ्घको स्थापनाले गति लिनु पर्छ । वाणिज्य दूतको कार्यालय स्थापनाले नेपाल र भियतनामबिचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पु¥याउन जरुरी छ । २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय सम्झौता भएको थियो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबिच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको स्मरण हुन्छ । विज्ञहरूका अनुसार दुवै देशका नागरिकबिच सम्बन्ध सुदृढ बनाउन दुई दुवै देशले भ्रमणको कार्यसूची बनाउनु आवश्यक छ । दुवै देशले अद्वितीय अनुभव आदानप्रदान गर्ने छन् ।
भियतनाममा सांस्कृतिक अनुभव
होई एन जस्ता प्राचीन सहर, हनोई र हो ची मिन्ह सिटी जस्ता हलचल हिरसहितको समृद्ध इतिहास, स्वादिस्ट सडक खानाको मज्जा लिन सकिन्छ । पर्यटनविद् भन्छन्, ‘तपाईं साहसिक कार्य, पदयात्रा र आध्यात्मिक संस्कृतिमा गहिरो डुब्न खोज्दै हुनुहुन्छ भने नेपाल छनोट गर्नुहोस् । तपाईं सांस्कृतिक अनुभव, विविध परिदृश्य र पाककला अन्वेषणको मिश्रण चाहनुहुन्छ भने भियतनाम छनोट गर्नुहोस् ।
दुवै देश संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन् । भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबिचको अहिलेसम्मकै उच्चस्तरीय भेटघाट कोसेढुङ्गा साबित होस् । कृषि, पर्यटन, शिक्षा र औद्योगिक उत्पादनमा सहकार्यको सम्भावना छ । भियतनामको उत्पादन क्षमता र नेपालको प्राकृतिक स्रोतबिचको संयोजनले भविष्यमा द्विपक्षीय व्यापार बढाउन सक्ने आधार बनाउँछ । शैक्षिक र सांस्कृतिक आदानप्रदान अन्तर्गत विद्यार्थी आदानप्रदान, सांस्कृतिक कार्यक्रम र भाषा शिक्षाको माध्यमबाट जनस्तरमा सम्बन्ध विस्तारको सम्भावना छ । भियतनामको युद्धपछिको पुनर्निर्माण र विकास अनुभव नेपालका लागि प्रेरणादायी हुन सक्छ । उपराष्ट्रपति स्तरको भ्रमण दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । यो भ्रमणले व्यापार, पर्यटन, शिक्षा र कूटनीतिक सहकार्यका नयाँ ढोका खोल्ने छ ।