• ८ भदौ २०८२, आइतबार

देशभर एकसाथ शैक्षिक मेला गर्दै आइसिसिसी

blog

काठमाडौँ, भदौ ८ गते । काठमाडौँसहित देशका विभिन्न स्थानमा आइसिसिसी मल्टिडेस्टिनेसन फेयर २०२५ को आयोजना हुने भएको छ। 

इन्टरनेसनल करिअर काउन्सिलिङ सेन्टर आइसिसिसीको आयोजनामा हुन लागेको मेला आइसिसिसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिनुभयो। 

आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरले विद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यसँग मिल्ने खालका सुझाव दिने आयोजकले जनाएको छ।

शैक्षिक मेला आइसिसिसीको देशभरका पुतलीसडक, कमलादी, चाबहिल, पोखरा, धनगढी, चितवन, झापा, इटहरी, बुटवल र बनेपामा एकसाथ लाग्ने आइसिसिसीका सिनियर काउन्स्लर अनुप शर्माले जानकारी दिनुभयो ।

सिनियर काउन्स्लर शर्माका अनुसार शैक्षिक मेला क्यानाडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आयोजकको दाबी रहेको छ।