• ८ वैशाख २०८१, शनिबार

ट्रक व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता

blog

गोरखापत्र अनलाइन

ललितपुर, असार १० गते । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उदघाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनुभयो । 

मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दैआएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्बाध नेपाल आवागमनलाई कडाइसँगै बीमालगायत समस्या समाधानमा सङ्घीय तथा प्रदेश सरकारले ध्यान जाने बताउनुभयो ।  

महासङ्घका महासचिव एवम् प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् । यो क्षेत्रमा १५ खर्ब रुपियाँ लगानी रहेको महासचिव बानियाँले जानकारी दिनुभयो ।

महाधिवेशनले २१ सदस्यीय महासङ्घको नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको सातै प्रदेशमा प्रदेश संयोजक निवार्चित हुने आयोजकले बताएको छ । अधिवेशनमा महासङ्घमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीको सहभागिता छ ।