• ३ भदौ २०८२, मङ्गलबार

समाजवादी दर्शनका स्वरूप

blog

मानिस समाजमा बस्छ । समाजमा विभिन्न वर्ग हुन्छन्, वर्गका पनि विभिन्न पात्र र प्रवृत्ति अनुसार समाज सञ्चालनका नियमको खोजी भयो । व्यक्तिगत सम्पत्तिको जन्म भएपछि वर्ग र सत्ता जन्मिए । सङ्घर्षलाई मत्थर गर्न सत्य खोजी गर्ने बहानामा धर्मलाई प्रचार गर्न थालियो । धर्मको कुरा मान्ने अथवा शासकको कुरा मान्ने आस्तिक भए भने नमान्नेका लागि नास्तिक भनिने दर्शनको जन्म भयो । श्रमिकमुक्ति शासनसत्ताको परिकल्पना माक्र्सले गरेकाले माक्र्सवादी दर्शन भनियो । यो भनिए पनि काल्पनिक समाजवादको खोजी गर्ने अन्य धेरै दार्शनिक भए । 

माक्र्स  सत्य, न्याय तथा सबै मानिसमा बराबरी भन्ने भावसहित जन्मेका सबै दर्शनले समाजवादको परिकल्पना गरे । समानताको न्याय र सबै मानिस बराबरी भन्ने विचारको सार समाजवादी दर्शन हो भन्ने पुष्टि भयो । समाजवादी दर्शन सत्य अन्वेषणको सिद्धान्त हो । अव्यवस्थाबाट सुव्यवस्थामा डो¥याउने गोरेटो पनि हो । हरेक मानिस सत्य चाहन्छ र समानताको कुरा गर्छ । त्यसैले समाजवाद भनेको यथास्थितिलाई परिवर्तन गर्ने सङ्घर्षको सिद्धान्त हो । सङ्घर्षको सिद्धान्त अनुसार विपरीत तìवको एकता र सङ्घर्षको नियमका आधारमा क्रमभङ्गता रूपान्तरण पुनः सङ्घर्षका माध्यमबाट परिकल्पना पनि हो । 

प्राकृतिक जीवजन्तुको  उचित संयोजना गर्नु आवश्यक छ । मानिसका हात, खुट्टा, आँखा, नाक, कानलगायतका शरीरका अङ्गको काम फरक फरक भए पनि शरीरका लागि समान अस्तित्व हुन्छ । त्यसैले प्रकृति र जीवजन्तुबिच पनि घनिष्ट सम्बन्ध हुन्छ तर पनि क्षमताको खोजी गर्छ । हामी माक्र्सवाद पढ्नेले कसरी बुझेका छौँ भने ऐतिहासिक भौतिकवादको नियमका आधारमा राजनीतिक व्यवस्था आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाको परिकल्पना हुन्छ । 

मानव जीवजन्तुको गुणको संरक्षण पनि सामाजिक मान्यताको समाजवादी दर्शन नै हो । दर्शनका कुरा गर्दा ज्ञान सिद्धान्तका मात्र कुरा हुन्छन् । सबै ज्ञानी, सबै जान्ने, सबैले स्थार्थ खोज्ने क्रममा स्वतन्त्र मानवले सङ्घर्ष गर्छ । सत्ता शक्तिको विरोध गरी आदर्शवादी कुरा गर्छ तर पछि सारमा भौतिक सेवा सुविधाका विषयमा जानु पर्दा व्यक्तिगत सम्पत्तिलाई नै सर्वोच्च रहेको विषयको पक्षपोषण गर्छ । जिन्दगीभर लडेको स्वार्थ खोजी नगर्ने विचार र व्यवहारमा अडिग मानिस मात्र सत्यको अन्वेषण गर्न र समाजलाई डो¥याउन सक्छ भन्ने सन्देश दिन समाजवादी दर्शनको व्याख्या हुन आवश्यक छ । समाजवादी दर्शनले समाजवाद नै स्वाधीनता हो भन्ने व्यवहारलाई पुष्टि गर्नु पर्छ । 

समानताको समाज निर्माणमा जोड दिनुपर्ने, सामाजिक बन्धुत्वको समाज बनाउनु आवश्यक छ । खुस र समृद्धिको समाज निर्माण गर्दै, शान्तिपूर्ण समाजको व्यवस्थापन कल्पना समाजवादी चिन्तनले गरेको छ । यी सबैले उत्पादन पद्धतिलाई पनि परिवर्तन गर्छन् । हाम्रो मुलुक सुहाउँदो समाजवादी दर्शनको दृष्टिकोण के हो, संविधान सभाबाट घोषण भएको संविधान, सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक र धर्म निरपेक्षता आदि हुन् । हाम्रो देश भूपरिवेष्ठित मुलुक हो । त्यसैले प्रजातन्त्र बलियो हुँदा राष्ट्रियता कमजोर हुने राष्ट्रियता बलियो हुँदा प्रजातन्त्र कमजोर हुने गर्छ । अरू प्रणालीभन्दा फरक छ । त्यसको विशेषता हो सत्य र निष्ठा । मानिस ज्ञानको भोको छ, मानिस मूल्यमान्यता गुणस्तरीय जीवनका लागि सङ्घर्षशीलता, सिर्जनशील, प्रेमशील र नियमशील हुन सक्नु नै सत्यनिष्ठाको ठोस अभिव्यक्ति हो । 

विवेक प्रेम (आफानास्पेभ विक्टर २०५४ पृष्ठ ७) दर्शनको चिन्तन पनि तत्कालीन समयको चेतना, बहुदार्शनिक विचारमा बाँडिएको हुन्छ । यस्तो परिस्थितिमा सर्वप्रथम विश्व परिवेशलाई मनन गरी चिन्तन गरिनु आवश्यक हुन्छ । अन्वेषणकै क्रममा पदार्थ प्रमुख भन्ने भौतिक विषयको अध्ययन गर्न वादी दर्शनको विकास भयो । दर्शनबारे सत्यको अन्वेषणका क्रममा भएका संसारका वर्ग सङ्घर्षको अनुभवबाट संसार कुनै अद्भुत व्यक्ति या समूहको उपदान होइन । संसार निर्माण तमाम श्रमजीवीले गरेका हुन् भनेर व्याख्या गरियो । दर्शन ब्रह्माण्ड, मानिस तथा सम्पूर्ण मानव जातिको नियमन गर्ने सर्वाधिक सामान्य नियमको अध्ययन गर्छ । त्यसले मानिस र समाज, मानिस र प्राकृतिक एकताको आधारको अध्ययन गर्छ । (उही) मानव समाज परिवर्तनशील छ । यो निम्न अवस्थाबाट उच्च अवस्थातिर अग्रसर हुन्छ । 

समाज विकासक्रममा हरेक सामाजिक व्यवस्था आवश्यक छ । आफ्नो अवधि पूरा भएपछि त्यसले अर्को सामाजिक व्यवस्थाका लागि स्थान छोड्नु पर्छ । हरेक सामाजिक व्यवस्था, ऐतिहासिक आवश्यकताले मान्छ । विगतमा हरेक सामाजिक व्यवस्थाको जस्तै समाजवादको पनि आफ्नो ऐतिहासिक औचित्य वा महत्व छ । मानव समाजको विकासक्रममा आगामी चरण समाजवादको दर्शन नै हो । समाजवादले आजसम्म विभिन्न वर्गमा समाजको विभाजनलाई अन्त गर्ने छ । त्यसको स्थानमा समाजका सम्पूर्ण सदस्यबिच एकता स्थापित गर्ने छ । मानव जातिले आजसम्म आर्जन गरेको सम्पूर्ण सम्पदामाथि एउटा वर्गको एकाधिकारलाई अन्त्य गरेर त्यसलाई समाजका सम्पूर्ण सदस्यको हातमा सुम्पने छ । एउटा वर्गको समानता नै अर्को वर्गको विपन्नताको सर्त हुने अवस्थालाई अन्त्य गर्ने छ । त्यसको स्थानमा हरेकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुने अवस्था स्थापित गर्ने छ । तब मात्र मानव समाज बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा जाने छ, यही नै समाजवादी दर्शन हो । 

दर्शनशास्त्रीको खोजी र अनुसन्धानमा केलाउँदा के प्रमाणित हुन्छ भने मोक्षप्राप्तिका कुरा हिमाली अनकन्टरको दर्शन हो । जैन, बौद्ध, योग, न्याय, मीमांसा दर्शनको सार राजनीतिशास्त्रको परिभाषा अनुसार राजनीति सबै नीतिको मूलनीति हो भन्ने भनाइ र राजनीतिले नै सबै दर्शन, धर्म मान्ने मानिसलाई डो¥याएको हुन्छ भन्ने नै हो । सारमा भन्नु पर्दा सबै धर्म र दर्शनको मूल जरो राजनीति हो । सबै शास्त्र राजनीतिमा घुमिरहेका हुन्छन् । हामीले बुझिआएको पूर्वीय दर्शनले पुरानो धर्म, संस्कृति समेटेको पाउँदैनौँ । केवल राज्यसत्ता वरिपरिका हिजोको संस्कृतिलाई समेटेको छ । वर्तमानमा खोजकर्ताले दर्शनको बाहुल रूप र एकत्वमध्ये यसभित्रका पुराना धर्म र नीतिको खोजतलास भइरहेको पाइन्छ ।

अन्त्यमा समाजमा केही आँटिला, जाँगरिला र सत्य अन्वेषक जन्मेका छन् । जसले पुराना थोत्रा वा काम नलाग्ने हुँदै गएका मूल्यमान्यता र प्रणाली माथि प्रश्न गर्छन् । केवल प्रश्न मात्र गर्दैनन्, आलोचनात्मक दृष्टिकोणबाट नयाँ मान्यता, मूल्य प्रणाली र सौन्दर्य बोध अभिव्यक्त गर्छन् । उनीहरू नयाँ सत्यको उद्घाटन गर्छन् । नयाँ समाज, अर्थतन्त्र र राज्यव्यवस्थाको निर्माण गर्न सङ्घर्ष गर्छन् । त्यस्ता मानिसलाई तत्कालीन समाजले मूलधार वा राज्यव्यवस्थाले राम्रो नमानेको सहजै स्वीकार गरेको देखिन्न । जस्तै : बुद्ध हुन् वा क्राइस्ट, माक्र्स हुन् वा गान्धी, लिङ्क हुन् वा रुसो, ग्यालिलियो हुन् वा बु्रनो सुकरात हुन् वा प्लेटो, यिनीहरू आआफ्ना समयका सनकी, लहडी, विद्रोही र फरक मानिस थिए । सत्य र निष्ठाका लागि तत्कालीन राज्य र समाजबाट अस्वीकृति भएका मानिस हुन् । प्रकारान्तरले यिनै मानिसको समाजमा ठुला चिन्तक, सन्त, वैज्ञानिक, सुधारक सङ्घर्ष र सिर्जनशीलताका आदर्श बने । समग्रमा भन्नुपर्दा सत्य अन्वेषणका रूपमा स्थापित भए । समाजको साबिक मूलधारभन्दा फरक मानिसलाई अविचलन हिँड्ने/हिँडाउन सक्ने तागत, ज्ञानको भोग, न्यायिक समाजको चाहना र सक्रिय निष्ठाबाहेक अन्य हुन सक्दैन । नेपालमा पनि यस्तै जाँगरिला आँटिला, ज्ञानका भोका र सत्यनिष्ठ व्यक्तिको खाँचो छ । जसले समाज रूपान्तरण गर्न सकोस् ।