• ३ भदौ २०८२, मङ्गलबार

कृषिमन्त्रीद्वारा क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी निरीक्षणका क्रममा ।

धादिङबेँसी समाचारदाता

धादिङबेँसी, भदौ ३ गते   । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङमा शनिबार परेको भीषण वर्षाले पु-याएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनपछि मन्त्री अधिकारीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बोलाई बाढीपहिरो प्रभावित क्षेत्रको तत्काल विवरण सङ्कलन गर्न निर्देशन दिनुभयो । साथै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न र आवश्यक उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको हो । शनिबार साँझको बाढीले धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी र नेत्रावती डवजोङ गाउँपालिकाका सयौँ रोपनी जमिन काटेको छ । बाढीले बगाएका नीलकण्ठ–६ भोर्लेका एक जना मजदुरको शव आइतबार बिहान फेला परेको छ ।