• २ भदौ २०८२, सोमबार

घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चूडामणि चौधरी

blog

घोराही ८ का वडा अध्यक्ष शाह । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
दाङ, भदौ २ गते  ।
घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिनुभएको छ । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिनाअघि राजीनामा बुझाउनुभएको थियो ।

उहाँको ठाउँमा वडा सदस्य चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आउनुभएको थियो । पछिल्लो समय शाह विभिन्न सामाजिक काममा सक्रिय हुँदै आउनुभएको थियो ।