• १ भदौ २०८२, आइतबार

साफ यु–१६ टोलीको बिदाइ

blog

बिदाइपछि नेपाली टोली ।

काठमाडौँ, भदौ १ गते । भुटानमा यही अगष्ट अगस्ट २० देखि ३१ तारिखसम्म आयोजना हुने साफ महिला यु–१७ च्याम्पियनसिप खल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार खेलाडी टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली सोमबार भुटान जानेछ । च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहनेछ । 

एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।