• १ भदौ २०८२, आइतबार

राधिकालाई बुद्धिचाल उपाधि

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, भदौ १ गते । काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ।

छात्रा सिनियर समूहतर्फ रिलायन्स स्कूलकी राधिका पौडेलले ६ चरणको खेलमा सबै प्रतिस्पर्धी माथि जित निकाल्दै उपाधि चुम्नुभयो । नेपाल प्रहरी स्कूलकी मन्दिरा गिरी पाँच प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो हुनुभयो । एभरेष्ट सेकेन्डरी स्कूलकी हर्षिका श्रेष्ठ समान अङ्कसहित तेस्रो हुनुभयो । 

यस्तै सिनियर छात्रतर्फ मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले सात चरणको खेलबाट कुल ६.५ अङ्क प्राप्त गर्दै पहिलो हुनुभयो । माउण्टग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारीले ६ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो र बागमती कलेजका आर्जन खड्का ६ अङ्कसहित तेस्रो हुनुभयो । 

दुई दिने बुद्धिचाल प्रतियोगितामा जुनियर ब्वाइजतर्फ डाफोडिल पब्लिक स्कूलका डेवन्सराज श्रेष्ठ पहिलो, मार्भेलस इङ्लिस सेकेन्डरी स्कूलका बृजनन्दन दास दोस्रो र माउण्ट ग्लोरी इन्टरनेसनल स्कुलका निश्चल रिमाल तेस्रो हुनुभयो । 

छात्रा जुनियरतर्फ मार्भलस इङ्लिस बोर्डिङ स्कुलकी कृष्टि रिजाल पहिलो, लालीगुराँस सेकेन्डरी स्कुल गोदावरीकी कामना थापामगर र निटेन मेमोरियल स्कुलकी परीक्षा बोलाखे तेस्रो हुनुभयो । 

पाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार एनपिएल चेसको पुरस्कार वितरण तथा समापन कार्यक्रम काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ओमबहादुर राना, काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ तथा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा ८७ विद्यालयका एक सय ८७ खेलाडीको सहभागिता रहेको थियो ।