काठमाडौँ, भदौ १ गते । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन हुनुभएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन हुनुभएको छ।
केन्द्रीय कार्यसमितिका सदस्य बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारायण जिएम चयन हुनुभएको छ।
प्रदेश सदस्यमा जगतबहादुर रानामगर, शकुन्तला मगर, भगवानबहादुर दर्लामीमगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलमीमगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामुमगर, धनकुमारी राना, कमल घर्तीमगर, चन्द्रा आलेमगर, प्रेमबहादुर सुर्जामगर र रिनादेवी मगर चयन भएको निर्वाचन समितिले जनाएको छ।