• ३ भदौ २०८२, मङ्गलबार

तीन वर्षमा पनि पूरा भएन सडक

blog

बबई समाचारदाता  

बबई (बर्दिया), भदौ ३ गते  । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने ओराली–ठाकुरद्वारा सडक निर्माणको काम तीन वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । सडक निर्माण नहुँदा निकुञ्ज अवलोकनका लागि आउने पर्यटक र स्थानीयलाई सास्ती भएको छ । 

डल्ला होमस्टेदेखि कुसुम्बा चोकसम्मको दुई हजार ७५० मिटर सडक निर्माणका लागि २०७९ वैशाख १९ गते महादेव खिम्ती निर्माण सेवा, काठमाडौँसँग मधुवन नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८० साल असार १५ भित्र काम सम्पन्न गर्ने भनिए पनि तोकिएको म्यादभित्र काम सकिएन । त्यसपछि समय थप गर्दै २०८२ असार ३२ सम्मको म्याद दिइए पनि सडक अझै अलपत्र छ । 

मधुवन नगरपालिका–१, डल्ला होमस्टेका सञ्चालक मङ्गल थारूका अनुसार सडक नबन्दा पर्यटकलाई होमस्टेसम्म पुग्न समस्या भएको छ ।