• ७ वैशाख २०८१, शुक्रबार

बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा

blog

काठमाडौं, असार १० गते । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । 

बौद्ध संस्कृति संरक्षणका लागि यो समाजले लोप हुँदै गएको सांस्कृतिक पक्षलाई संरक्षण गर्न विभिन्न गतिविधिहरु गर्दै बौद्ध धर्म, संस्कृति, रितीरिवाजको संरक्षणमा जुट्दै आएको समाजका अध्यक्ष लामाले बताउनुभयो । आधुनिकता र विश्वव्यापिकरणसँगैको सूचनामा आएको फड्कोले समाजका परम्परागत संस्कृति लोप हुँदै गएकाले यसको संरक्षणमा लागि पर्ने समेत उहाँले बताउनुभयो । 

अधिवेशनले चयन गरेको नयाँ कार्य समितिमा खेन्पो मिङमार नोर्बु शेर्पा, खेन्पो ङवाङ  पेमा, खेन्पो नोर्बु शेर्पा , खेन्पो दवा तेन्जी शेर्पा, खेन्पो टुल्कु ङवाङ  थर्चिन शेर्पा, खेन्पो छिरी शेर्पा, लोपेन ङिमा छोटी शेर्पा, लोपेन ग्यलजेन शेर्पा रहनु भएको छ । 

त्यसैगरी समितिमा खेन्पो ङतेम्बा शेर्पा, लोपेन मिङमार शेर्पा, लोपेन पासाङ नोर्बु शेर्पा, लोपेन फेरी शेर्पा, लोपेन सङगे डोमा शेर्पा र लोपेन सङगे पल्डोन शेर्पा रहनु भएको छ ।