स्मिता अर्जेल
मकवानपुरगढी, साउन १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा पत्र बुझाउनुभएको छ । सोमबार लामाको तर्फबाट उहाँका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखका स्वकीय सचिव बलराम गैरेमार्फत प्रमुखसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।
यसअघि लामाले आइतबार बेलुकी नै पत्रकार सम्मेलनमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा समस्या आएपछि गत साउन १५ देखि उहाँ काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको थियो । यद्यपि उहाँ स्वास्थ्य लाभ भएसँगै हेटौंडा कार्यालयमा सोमबार फर्किनुभएपछि लामाले सोमबार दिउँसो राजीनामा पत्र पेश गर्नुभएको हो ।