• १९ साउन २०८२, सोमबार

जसपा सप्तरीको निर्वाचन स्थगित

blog

जनता समाजवादी पार्टी कार्यालय सप्तरी ।

सुधा देव

भारदह (सप्तरी), साउन १८ गते । जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन स्थगित भएको छ । आइतबार बिहान हुने भनेको मतदान जिल्ला निर्वाचन समितिले सूचना निकालेर स्थगित गरेको हो । 

केदार प्रसाद यादव प्यानलका सबै पालिकामा एकल उम्मेदवारी परेकाले निर्विरोध घोषणा गर्नुपर्ने केदार पक्षले दावी गर्दै आएका छन् । उमेश पक्षले २५ सदस्य नै खुला प्रतिस्पर्धाबाट हुनुपर्ने अडानका कारण निर्वाचन समितिले निर्णय लिन नसक्दा मतदान स्थगित भएको हो । 

जसपा नेपालको निर्वाचन निर्देशिका अनुसार प्रत्येक पालिकाबाट एक जना जिल्ला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । निर्देशिका अनुसार केदार प्यानलबाट पालिकामा उम्मेदवारी परेको तथा  उमेश प्यानलबाट पालिका सदस्यमा उम्मेदवारी दिएका छैन । 

निर्वाचन तालिका अनुसार शनिबार दुबै प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए । विवाद बढेपछि निर्वाचन समितिले अझै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन ।

अध्यक्ष पदमा केदार प्रसाद यादव, उमेश प्रसाद यादव, उपाध्यक्षमा लक्ष्मण यादव्, उषा कुमारी साह, हरेराम यादव, राजेश्वर राय, सचिबमा शम्भु कुमार यादव, निरज कुमार झा, उपसचिव रामेश्वर कौडगिया यादव, रिता कुमारी चौधरी, दाउद हुसैन, राहुल मण्डल, कोषाध्यक्षमा अरमेन्द्र कुमार यादव ( अर्विन), अभिनभ यादव (निकु), सुचिता कुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सात जना पदाधिकारी, १८ भूगोल, १८ महिला र ७ जना समाबेशी समुह गरि कुल ५७ जना जिल्ला नेतृत्व चयनका लागि जसपा नेपाल सप्तरीको निर्वाचनमा ५ सय १५ जनाले मतदान गर्नेछन् ।