• १९ साउन २०८२, सोमबार

राष्ट्रपतिद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्दै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, साउन १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नुभएको छ । 

सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नु भएका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गर्नुभएको थियो । 

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गर्नुभएको थियो । 


सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य,  काठमाडौँ  महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।