काठमाडौँ, साउन १९ गते । विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबले एन्फा यु–१६ लिग फुटबलमा सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो । अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलले हायो ।
पुलिसको जितमा समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गर्नुभयो । आर्मीका जोयल गुरुङले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ११ खेलमा २८ अङ्क जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित आर्मीले समान खेलबाट ६ अङ्क बनाएको छ ।
यस्तै अर्को एकपक्षीय खेलमा एपिएफलाई जिताउन आदर्श मेचेले दुई तथा विपिन छन्त्यालले एक गोल गर्नुभयो । जितसँगै एपिएफले ११ खेलबाट १९ अङ्क बनाएको छ । पराजित प्लानिङ ब्वाइजको समान खेलदबाट ६ अङ्क छ ।