• १९ साउन २०८२, सोमबार

सुर्खेत जाँदैगरेको जिप दुर्घटना, एक जना गम्भीर

blog

जुम्लाबाट सुर्खेत जाँदैगरेको दुर्घटनामा परेको स्कार्पियो जिप ।

नेत्र शाही 

जुम्ला, साउन १९ गते । जुम्लाबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटना परेको छ । सो गाडीमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले गाडी दुर्घटनामा परेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडी कर्णाली राजमार्ग सडक तल पल्टिएर दुर्घटना भएको छ । मानवीय क्षति नभए पनि एक जना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो ।  उहाँले हेलिकोप्टरले उद्धार गरेर सुर्खेतको बाबियाचौरमा लगिएको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार विहान १०ः३० बजे कालिकोटको हिलसाइड होटलनजिक जिप सडक तल खसेपछि एक जना गम्भीर घाइते हुनुका साथै अन्य सामान्य घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार भिजिट कर्णाली यातायात प्रा.लिको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जिप दुर्घटना हुँदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागेको छ । 

प्रहरीका अनुसार पाल्पा मातागढी गाउँपालिका –१ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मी सत्यवति गाउँपालिका ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डा. सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ –२ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाइते हुनुभएको छ ।